coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमानपछि ऋतिकसँग दिशा

मुम्बई– क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस. धोनी’ दिशाको बलिउडमा डेब्यु फिल्म थियो जहाँ उनले धोनी बनेका सुशान्तसिंह राजपुतसँग रोमान्स गरेकी थिइन् । 

तर दोस्रो फिल्म ‘कुङफू योगा’मा हलिउड स्टार ज्याकी च्यानसँग स्क्रिन सेयर गरेकी दिशाको त्यो फिल्मले खास कमाल गर्न नसके पनि  प्रेमी टाइगर श्राफसँग जोडी बाँधेको ‘बागी २’ले बक्स अफिसमा पैसा बर्सायो । योसँगै टाइगर, खान र ऋतिक रोशनपछि भरपर्दा स्टारको रुपमा अगाडि आए भने उहीँ दिशाले पनि एकपछि अर्को ठूला ब्यानरका फिल्म हात पारिरहेकी छिन्।

दिशाले केही दिनअघि मात्र अलि अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्म ‘भारत’मा सलमान खान र प्रियंका चोपडासँगै फिल्म साइन गरेकी थिइन् । यो खबरसँगै दिशालाई यतिबेला रोहित धवनले निर्देशन गर्ने फिल्मका लागि पनि प्रस्ताव गरिएको चर्चा छ । फिल्मका लागि ऋतिक रोशन पहिले नै तय भएको निर्माण टिमले जनाएको छ।

फिल्मलाई साजिद नाडियावालाले निर्माण गर्न लागेका फिल्मको सुटिङ सन् २०१९मा सुरु हुने समाचारमा उल्लेख गरिएको छ  । ऋतिक अहिले ‘सुपर ३०’ शीर्षकको फिल्मको सुटिङ गरिरहेका छन् भने यसपछि उनले टाइगर श्राफसमेत रहेको फिल्मको सुटिङ गर्नेछन् जसलाई यशराज फिल्मस्ले निर्माण गर्न लागेको हो । यो फिल्मको सुटिङपछि ऋतिकले रोहितको फिल्मका लागि समय दिनेछन् ।  नाम टुंगो लागिनसकेको सो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App