८ वैशाख २०८१ शनिबार
समाज

प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

पोखरा - गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको छ।

समयसापेक्षरुपमा सेवाको गुणस्तरीयताका साथै छिटोछरितो जनमुखी प्रशासन कायम गराउने लक्षका साथ आयोजित अभिमुखीकरणमा प्रदेश नं ४ का मन्त्रालयअन्तर्गतका कम्प्यूटर सेवातिर ३० जना कर्मचारीको सहभागिता रहेको छ।

अभिमुखीकरणको शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वर्तमान युग सूचना प्रविधिको युग भएको बताउँदै दक्षता अभिवृद्धि बिना प्रभावकारी सेवा प्रभाव गर्न नसकिने बताए ।सूचना तथा प्रविधि शाखाका उपसचिव शम्भुप्रसाद मरासिनीले अभिमुखीकरणका क्रममा सेवा प्रवाह गर्दा आइपर्ने व्यावहारिक समस्याका साथै विविध पक्षमा जानकारी गराइने बताए।

उपक्षेत्रीय प्रशासक गिरीधारी सुवेदीले अभिमुखीकरण तालीममा सिकेका विषयलाई सहभागीले व्यवहारमा उतार्दै सेवाग्राहीको विश्वास जित्न आग्रह गरे।कार्यक्रममा शम्भुप्रसाद मरासिनी, टीकाराम दाहाल, सुवास घिमिरे, पुरुषोत्तम पौडेल, लक्ष्मणकिरण थापा, अमुल पराजुली, सन्तोष सिग्देल, लिलाबहादुर मगरले सूचना प्रविधिका विभिन्न पक्षमा तालीम दिनेछन् ।रासस

प्रकाशित: ८ जेष्ठ २०७५ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App