७ वैशाख २०८१ शुक्रबार
राजनीति

विराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतकाे घोषणा

काठमाडाैं- भारतले विराटनगरमा रहेको फिल्ड अफिस बन्द गराउने घोषणा गरेको छ । २०६५ सालमा कोसी नदीमा आएको बाढीलगत्तै विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आएकाे थियाे।

६ वर्षअघि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहेका बेला परराष्ट्रले फिल्ड अफिस हटाउन भारतीय दूतावासलाई पत्राचार गरेको थियो तर भारतीय पक्षले मन्त्रालयको निर्देशन लत्याउँदै हालसम्म अफिस हटाएको थिएन।

नेपाल कम्युनिष्ट पार्टीको  जेठ ५ मा  बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने  घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको हाे  ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App