८ वैशाख २०८१ शनिबार
समाज

'गोरे' लाई अदालतमा पेश गरियो

बिराटनगर - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ।  पक्राउ परेपछि उनलाई आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो। सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिका संयोजक गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलका अनुसार गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको हो।

मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ।

गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग लागेको छ।

यस्तै सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये  विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७५ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App