काठमाडौं– केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाइन्सेस कम्पनीले स्काइवर्थ ब्रान्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमान्डौंमा सोमबार डिलर मिट आयोजना गरी सो टिभी सार्वजनिक गरिएको हो ।
यो टिभीको मोटाइ जम्मा ३.६ एमएम छ । जुन संसारकै सबैभन्दा पातलो टिभी हो । यो टिभी स्मार्टफोनभन्दा पनि पातलो छ ।ओएलइडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायती, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेश गरेको कम्पनीले जनाएको छ । एलइडी टिभीभन्दा आकर्षक रहेको कम्पनीको दाबी छ ।यो टिभीको मूल्य नेपाली बजारमा २० लाखभन्दा माथि पर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ जेष्ठ २०७५ ००:५३ बुधबार