८ वैशाख २०८१ शनिबार
समाज

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

इटहरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । 

उनका अनुसार सुवेदीले सुनसरीको कोशी गाउँपालिकाको भेन्टाबारीस्थित एक आधारभूत विद्यालयमा शौचालय र पर्खाल बनाउने योजना उपलब्ध गराउन ५० हजार घुस मागेका थिए । 

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App