७ वैशाख २०८१ शुक्रबार
खेल

वेस्ट ह्याममा पेलेग्रिनी

लन्डन– रियाल मड्रिड तथा म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई वेस्ट ह्याम युनाइटेडले मंगलबार नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।नवनियुक्त प्रशिक्षक पेलिग्रिनी डेविड मोयसको ठाउँमा नियुक्त भएका हुन् । ६४ वर्षे चिलीका मोयसले सिजनको अन्त्यसँगै वेस्ट ह्याम युनाइटेड छाड्ने निर्णय गरेका थिए ।

सिजनको अन्तिम खेलमा एभर्टनसँग ३–१ गोल अन्तरले पराजित हुँदै इङ्लिस प्रिमियर लिगको १३औं स्थानमा लिग समाप्त गरेको वेस्ट ह्याम युनाइटेडका प्रशिक्षक मोयसको सम्झौता अवधि यसै सिजनको अन्त्यसँगै सकिएको थियो ।
वेस्ट ह्याम युनाइटेडका अध्यक्ष डेविड सुलिभानले नवनियुक्त प्रशिक्षक पेलिग्रिनीको नियुक्त र प्रशिक्षणबाट वेस्ट ह्यामले लन्डन स्टेडियममा नयाँ युग सुरु गर्ने अपेक्षा गरे ।

अध्यक्ष सुलिभानले आधिकारिक वेभसाइटमा म्यानुयल पेलिग्रिनीलाई वेस्ट ह्यामको नयाँ प्रशिक्षकका रूपमा स्वागत गर्न पाएको खुसी लागेको उल्लेख गरेका छन् । वेभसाइटमा भनिएको छ, ‘उनी विश्वका धेरै प्रशिक्षकमध्ये प्रतिष्ठित प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छौं ।’यसअघि स्पेनिस क्लब भिल्लारियल, रियाल मड्रिड र मालागालाई सम्हालिसकेका पेलेग्रिनीले सन् २०१३ मा म्यानचेस्टर सिटीलाई सम्हाल्दै २०१३÷१४ को इङ्लिस प्रिमियर लिगको उपाधिसँगै दुई पटक लिग कपको उपाधि दिलाएका थिए ।

जुन, २०१६ मा म्यानचेस्टर सिटी छाडेपछि उनको स्थानमा सिटीले लाई पेप ग्वार्डिओलालाई प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App