८ वैशाख २०८१ शनिबार
समाज

जहाँ सिक्का चल्दैन...

गौशाला – केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ। 

जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन्। जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ। 

अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्का नलिएको उपभोक्ताको गुनासो रहेको छ। 

उपभोक्ताले कुनै पनि पसलमा खुद्रा पैसा लिएर गएमा व्यापारी, व्यवसायी यो पैसा अब चल्दैन। हामी लिदैनौँ भनी सरसामान नदिने गरेको जनगुनासो रहेको छ। 

त्यस्तै, विभिन्न गाउँठाउँमा रहेका सानासाना पसलमा पनि स–साना बालबालिकाले सरसामान किन्न जाँदा पसलेले सिक्का पैसा नलिने गरेको आम अभिभावकको गुनासो रहेको छ। 

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक रामबहादुर साहसँग जानकारी लिँदा उनले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए। तर उनले त्यसकालागि आमजनताले सिक्का पैसा एकसयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए। 

प्रकाशित: ९ जेष्ठ २०७५ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App