coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

टेक्सासमा यूएनए सम्मेलन हुँदै

अमेरिका- अमेरिकामा बसोबास गर्ने दोश्रो पुस्तालाई अमेरिकी मुलधारमा समेट्ने उद्देयका साथ मे २६ र २७मा टेक्सासमा युनाईटेड नेपलीज् एसोसियसन (यूएनए) को तेश्रो सम्मेलन हुने भएको छ। कार्यक्रममा अमेरिकी मुलधारको राजनीतिमा सहभागिताका लागि कस्तो मार्ग अपनाउने, सीप र क्षमता भएर पनि उच्चस्तरको व्यपार र जागिरका लागि कसरी पहुँच पुर्याउने र अमेरिकामा पाईने विविध अवसरका बारेमा विज्ञहरुबाट प्रस्तुति सहित छलफल हुनेछ। सम्मेलनको उद्घाटनका लागि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले र जमुना घले आउने आयोजक संस्था यूएनएका अध्यक्ष पासाड लामाले बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनको पहिलो दिन उद्घाटन र विभिन्न विधाका खेलका साथै रचनात्मक प्रतियोगिताहरु हुने छन भने दोश्रो दिन विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, छलफल र निष्कर्ष तथा समापन हुनेछ। विगत बर्षहरुमा गरिएको सम्मेलनबाट सिक्दै यस बर्ष थप परिमार्जित तथा विशेष कार्यक्रम गर्न लागिएकोले यसको फाईदा युवा पुस्तालाई बढी हुने, अमेरिकामा अवसर र त्यसका लागि अपनाउनु पर्ने विविध विषयमा सम्मेलन केन्द्रित हुने अध्यक्ष लामाले बताए। दोश्रो दिनको कार्यक्रममा ईमिगे्रसनको विषयमा जानकारी, आईटि तथा क्यारियर फेयर, महिला फोरम, बालबालिकाहरुलाई लक्षित गरिएको स्पेलिङ र वक्ततृत्वकला प्रतियोगिता, सकारात्मक सोचका बारेमा सत्र, लगानी र संभावनाबारे छलफल, साधारण सभा र  समापन सत्रको कार्यक्रम रहेको छ।

विगत बर्षमाजस्तै यस बर्ष पनि विभिन्न खेलमा युवाहरुको उत्साहजनक सहभागिता रहेको छ । जसमा सकरको नौ टिम, बास्केटबलको ६ टिम, भलिबलको ८ टिम, क्रिकेटको ६ टिम र टेवुल टेनिसका लागि ३० टिमले खेलका लागि दर्ता गरिसकेको यूएनएका अध्यक्ष लामाले बताए। कार्यक्रममा हुने साँस्कृतिक साँझका लागि नेपालबाट चर्चित गायीका अन्जु पन्तले सहभागिता जनाउने छन भने बाँकी स्थानीय कलाकारहरुको सहभागिता रहने छ। कार्यक्रममा बेलायत, हंडकड, अष्ट्रेलिया, क्यानडा र अमेरिकका १५ भन्दाबढी राज्यबाट पाँच हजार पाहुनाका साथै ५ सय जना विभिन्न खेलका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष लामाले बताए।

प्रकाशित: ९ जेष्ठ २०७५ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App