६ वैशाख २०८१ बिहीबार
समाज

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

बिराटनगर - ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो। मध्यान्ह १२ बजेदेखि सुरु भएको बयान साँझ ५ बजेसम्म चलेको थियो। उनको भोली (बिहीबार) पनि थप बयान हुने छ। न्यायाधीश नारायण शर्माको बन्द इजलासमा बयान भएको थियो।

अदालत स्रोतका अनुसार बयानका क्रममा गोरेले सुन तस्करीको विषयमा थप केही रहस्यका विषय खोलेका छन्।

आज तस्करीको पृष्ठभुमिको विषयमा बयान लिइएको थियो। प्रहरीले दर्ता गरेको अभियोग पत्र भन्दा केही फरक कुराहरु पनि बयानको क्रममा आएको स्रोतले जनाएको छ।

मलाई सुरक्षा खतरा : गोरे

यस्तै गोरेले आफुलाई सुरक्षा खतरा भएको भन्दै मानव अधिकारकर्मीको रोहवरमा न्यायीक हिरासतमा रहन पाउँ भन्दै अदालतमा निवेदन दिएका छन्। वकिल मार्फत उनले अदालतमा निवेदन दिएका थिए। अदालतले उनको सुरक्षा व्यवस्था मिलाउन आदेश दिएको छ। अहिलेसम्म गोरेको पक्षबाट अधिवक्ता यमबहादुर मगरले मात्र वकालत नामा दर्ता गरेका छन्। उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ हुने छ।

प्रकाशित: ९ जेष्ठ २०७५ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App