७ वैशाख २०८१ शुक्रबार
कला

रणवीर र आलिया प्रेममा

मुम्बई– बलिउडमा पछिल्लो समय रणवीर कपुर र आलिया भट्टको डेटिङको चर्चा छ। दुबैका परिवारबीच भइरहेको सन्देश आदान प्रदानले आलिया कपुर खान्दानको बुहारी बन्न सक्ने अड्कल बाजी भइरहेका छन्। 

दुबै अहिले फिल्म ‘ब्रह्रास्त्र’मा काम गरिरहेका छन्। यी दुबै सोनम कपुरको विहेमा पनि सँगै देखिएका थिए। जसले उनीहरु प्रेममा रहेको कुरालाई थप बल पुर्याएको छ।

त्यसैगरी रणवीरका पिता ऋषि कपूरले मंगलबार भट्ट परिवारलाई धन्यवाद भनेका छन्। ऋषिको यो ट्वीटपछि रणवीर र आलियाको प्रेम सम्बन्धलाई थप पुष्ट्याएको छ। 

ऋषिले ट्वीटरमा लेखेका छन्– ‘मैले भट्ट परिवारका धेरै अग्रज व्यक्तिसँग काम गरेको छु। महेश भट्ट, मुकेश भट्ट, रबिन भट्ट, पूर्णिमा जी, सोनी भट्ट, पूजा भट्ट, इमरान हाशमी, आलिया भट्ट। तपाई सबैप्रति धन्यवाद।’

कुनै प्रसंग विना ऋषिले गरेको अर्थपूर्ण ट्वीटलाई रणवीर र आलियाको प्रेम सम्बन्धको बलियो प्रमाणको रुपमा हेरिएको छ।  
यसअघि रणवीरकी आमा नीतू कपुरले पनि आलियाप्रति प्रेमपूर्वक प्रशंसा गरेकी थिइन्।

रणवीर र आलियाले पनि आफ्नो प्रेम सम्बन्धबारे सांकेतिक स्वीकारोक्ति दिएका छन्। भर्खरैको एक अन्तर्वार्तामा आलियाले रिलेशनसिपबारे सोधिएको प्रश्नमा भनेकी थिइन्– ‘मेरो गाला रातो भइरहेको छ र म कन्ट्रोल गर्न सकिरहेको छैन्।’ 

त्यसैगरी रणवीरले पनि आलियासँग आफ्नो क्रश आकर्षण रहेको बताएका थिए। उनले ‘राजी’ फिल्ममा आलियाको एक्टिङ्ग दमदार रहेको र भारतीय सिनेमाको उत्कृष्ट फिल्मध्यको एक भएको भन्दै प्रशंसा गरेका थिए। 

प्रकाशित: ९ जेष्ठ २०७५ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App