७ वैशाख २०८१ शुक्रबार
समाज

अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा

रसुवा– अबैध सुन ओसारपसार गर्ने दुई नेपाली एक सातादेखि चिनियाँ हिरासतमा परेका छन्। 

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट गत बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खुका ग्याल दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिका–२ हाकुका विकास वाइवा पक्राउ परेका थिए। 

चीनको केरुङबाट सामग्री बोकेर आएको कन्टेनरमा लुकाएर ल्याएको ९ टुक्रा सुनसहित दुई जनाले चिनियाँ भन्सार विभाग अन्तरगतको गुप्तचर निकायले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। 

चिनियाँ अधिकारीका अनुसार पक्राउ परेका दुबैलाई ल्हासास्थित एक हिरासतमा राखिएको छ। घटना बारे जानकारी लिने कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७५ १६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App