८ वैशाख २०८१ शनिबार
कला

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ।  

उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिए। 

वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताए। 

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताए। घिमिरेका साथमा उहाँका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन्। 

करिब चार महिनादेखि अस्वस्थ हुँदै आएका घिमिरे मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

प्रकाशित: ९ जेष्ठ २०७५ १६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App