coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्सनलको प्रशिक्षकमा इमरे

लन्डन– इङ्लिस क्लब आर्सनलले पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्वप्रशिक्षक युनाइ इमरेलाई बुधबार नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

बुधबार आर्सनलको आधिकारिक वेभसाइटमा उसले युनाइ इमरे आर्सनलको मुख्य प्रशिक्षक नियुक्त भएको उल्लेख गरेको हो । उक्त साइटमा इमरेले पिएसजीको दुई वर्षे बसाइ अन्त्य गर्दै आर्सनल क्लब आबद्ध हुने जनाइएको छ । इमरेले पिएसजी बसाइमा क्लबलाई लिग वान, कोप डे फ्रान्स र कोप डे ला लिगको उपाधि दिलाएका थिए ।

इमरे आर्सनललाई २२ वर्ष प्रशिक्षण दिएका आर्सेन वेंगरको स्थानमा नियुक्त भएका हुन् ।आर्सनलका मुख्य अधिकारी इभान गाजिडिसले नवनियुक्त प्रशिक्षक इमरे पछिल्लो समयका सफल प्रशिक्षक भएको बताए । उनले भने, ‘युरोप प्रशिक्षणमा उनले युवा खेलाडीलाई प्राथमिकता दिँदै नयाँ खेलाडी उत्पादन गरेका छन् । उनै नयाँ खेलाडीले पछिल्लो समय उत्कृष्ट खेल खेल्दै राम्रो छाप छाड्न पनि सफल भएका छन् । त्यसैले उनी आर्सनल प्रशिक्षणका लागि पहिलो रोजाइमा परेका हुन् ।’

‘चर्चित क्लबमा आबद्ध हुनु मेरो लागि अवसर र चुनौती दुवै हुनेछ’ नवनियुक्त स्पेनिस इमरेले भने, ‘आर्सलन विश्वको नामी क्लब हो । उनीहरूको खेल्ने शैली, लोभलाग्दो घरेलु मैदान र नयाँ अनुहारलाई सुरुआती ११ मा प्राथमिकता दिने जस्ता विशेषताले यो क्लबलाई धेरैले मन पराउँछन् । जुन मलाई पनि मन पर्ने पक्ष हो ।’चर्चित क्लबलाई सम्हाल्न पाएको खुसी लागेको इमरेले बताए।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App