६ वैशाख २०८१ बिहीबार
कला

‘म नारीवादी होइन्’

मुम्बई – बलिउड अभिनेत्री करिना कपुर खान मिडियासँग कुराकानीमा इमान्दारितापूर्वक प्रश्नको जवाफ दिने अभिनेत्रीमा पर्दछिन् ।

आफू अभिनित फिल्ममा तारिफयोग्य अभिनय गर्ने करिना हालका दिनमा आफ्नो आउन लागेको फिल्म ‘वीरे दी वेडिंग’को प्रमोसनमा व्यस्त छिन् । हालै मात्र उनले उनले पत्रकारसँगको अन्तरसंवादमा आफू नारीवादी नभए पनि समानतामा विश्वास राख्ने गरेको बताइन्।

गत मंगलबार फिल्म ‘वीरे दी वेडिंग’को संगीत सार्वजनिक कार्यक्रममा सोनम कपुर, स्वरा भास्कर, शिखा तलसानिया निर्देशक शशांक घोष र निर्माता रिया कपुर तथा एकता कपूरसँग उपस्थित करिनालाई ‘फेमिनिज्म’को बारेमा पत्रकारले प्रश्न सोधेका थिए । ‘म समानतामा विश्वास राख्दछु । म यो भन्दिन कि म नारीवादी हुँ ।

म एक महिला हुँ र त्योभन्दा माथि म मानव हुँ,’उनले भनेकी छन्, ‘मलाई सैफ अली खानकी श्रीमतिको रुपमा चिन्दा पनि मलाई उत्तिकै गर्व लाग्छ । जति मलाई करिना कपुर भएर चिनिँदा  छ । किनकि म यस्तै नै छु ।’फिल्म ‘वीरे दी वेडिंग’ सहरी परिवेशमा बस्ने चार युवतीको कथामा आधारित छ  । करिना निजी जीवनका बोमा जहिल्यै पनि खुलेर कुराकानी गर्छिन् । तर फिल्ममा उनी प्रतिबद्धताबाट डराउने चरित्रमा देखिन्छिन्।

‘यो फिल्ममा मेरो भूमिका कालिन्दी पात्रको छ । जो निकै कूल छ । तर ऊ आफ्नो प्रतिबद्धताबाट सधैं डराइरहन्छे । किन डराउँछे भन्ने जान्न चाहिँ फिल्म नै हेर्नुपर्नेछ ’ उनले भनेकी छन् ।करिना बलिउडकी ‘क’ वर्गकी अभिनेत्रीमा पर्छिन् । फिल्म ‘वीरे दी वेडिंग’मा उनको अपोजिटमा इन्टरनेट सेलिब्रेटी सुमित व्यास छन् । सुमित टीबिएफको वेब सिरिज ‘परमानेन्ट रूममेट’ बाट चर्चामा आएका कलाकार हुन् । यो फिल्म जुन १ मा रिलिज हुँदैछ ।
 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App