७ वैशाख २०८१ शुक्रबार
कला

नाम्चेमा ‘एभरेस्ट डे’ कन्सर्ट

काठमाडौं – मे २९ का दिन मनाइने ‘एभरेष्ट डे’ अर्थात ‘सगरमाथा दिवस’को अवसर पारेर सोलुखुम्बुको नाम्चेबजारमा आगामी जेठ १५ गते ‘एभरेष्ट डे’ नामक कन्सर्ट हुने भएको छ ।

नाम्चे युथ ग्रुपको आयोजना र पार्टी एभरेस्ट इन्टरनेसनल इन्टरटेन्मेन्टको व्यवस्थापनमा नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा राष्ट्रिय कलाकारका साथमा लाइभ कन्सर्ट तथा डान्स पार्टी हुनेछ ।एभरेस्टका पासाङ छिरिङ शेर्पाले ‘सगरमाथाको फेदि अनुप छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउँ भन्ने नारासहित कार्यक्रम गर्न लागेको बताए । कन्सर्टमा अभिनाष घिसिङ, तेस्रो ‘इन्डियन आइडल’ प्रशान्त तामाङ, लोकगायक बद्री पंगेनी, गायिका प्रिया भण्डारी र डिजे तेन्जिङको प्रस्तुति हुनेछ।

छिरिङका अनुसार कन्सर्ट तथा डान्स पार्टीमा स्वदेशी र विश्वका विभिन्न देशबाट सगरमाथा दिवस मनाउन तथा पदयात्रा र आरोहणका लागि भेला भएका विदेशीहरू रमाउनेछन् । कार्यक्रमका लागि कलाकारहरू आइतबार त्यता जाँदैछन् ।
 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App