coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे तीन वर्षअघि भत्किएको ‘कज्वे’ निर्माण

राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डमा पर्ने बोकेझुण्डा नजिकै भत्किएको कज्वे निर्माण गरिँदै । तस्बिर : नागरिक

रसुवा– चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने पासाङल्हामु राजमार्गमा साढे तीन वर्ष पहिले भत्किएको कज्वे निर्माण गरिएको छ।

बुधबार करिब ४ घण्टा राजमार्ग बन्द गराएर कज्वे निर्माण गरिएको हो । राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डमा पर्ने बोकेझुण्डा नजिकै भत्किएको कज्वे निर्माण गरिएको डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजन प्रमुख निरज शाक्ले बताए।

बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर कज्वे निर्माण गरिएको उनले बताए । भत्किएको साढे तीन वर्ष भइसक्दा समेत कज्वे निर्माण हुन सकेको थिएन् । कज्वे भत्किएपछि सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो ।२८ लाखको लागतमा कज्वे निर्माण गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ‘कज्वे निर्माणका लागि हामीले चार घण्टा सडक बन्द गर्नपर्यो, डिभिजन प्रमुख शाक्ले भने, कज्वे निर्माण भएसँगै यातायात सञ्चालनमा सहज भएको छ ।’

नेपाली सेनाले निर्माण गरेको नयाँ सडक हस्तान्तरण भइसके पनि सुरक्षाको कारण देखाउँदै नियमित सञ्चालन गर्न दिएको छैन् । वर्षायाम सुरु हुनै लाग्दा कार्यालयले राजमार्गको रसुवाखण्डस्थित सडक सुधारको कार्य सुरु गरिरहेको छ ।
सडक सुधार कार्यक्रम अन्तरगत खाल्डाखुल्डी पुर्ने, ढलान गर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउने लगायतका कार्य भइरहेको छ । असारभित्रै कार्य सम्पन्न गर्नेगरि सडक सुधार तथा मर्मत कार्यलाई तिब्रता दिइएको डिभिजन प्रमुख शाक्यले बताए।

सडक मर्मत तथा सुधार गर्नका लागि गत वर्षको बाँकी दुई करोड ८५ लाख र यो वर्षको लागि थप भएर आएको तीन करोड ३० लाख वजेट रहेको कार्यालयले जनाएको छ । सडकको बेत्रावती–धुन्चे खण्डको विभिन्न स्थानमा ढलान गर्नुपर्ने भएकाले त्यसको सम्झौता भएर कार्य अघि बढाइएको शाक्यले जानकारी दिए ।गत वर्ष सडक मर्मत तथा सुधारको लागि आएको वजेट समयमा नै काम गर्न नसक्दा फ्रिज हुन पुगेको थियो ।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App