coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन्। 

विश्व स्वास्थ्य संगठनको ७१औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको संस्थागत विकास स्थानीय तहमा स्वास्थ्यका संरचना र गुणस्तरीयतामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आग्रहसमेत गरिन्। 

उनका स्वकीय सचिव राजेश शर्माका अनुसार राज्यमन्त्री अर्यालले नेपालले हालसम्म स्वास्थ्यको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा प्रकाश पार्दै सहस्राब्दी विकास लक्ष्यको नजिक पुगेको बताएका थिए। 

उनले विगतमा नेपालले गरेको सफल अभ्यासको सिकाइलाई आत्मसात् गरी विश्व स्वास्थ्य संगठनको नीति, योजना र कार्यक्रम निर्माणमा नेपालको पनि प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए। 

मन्त्री अर्यालले बुधबार नै भारतका स्वास्थ्यमन्त्री जगतप्रकाश नाडा र चिनियाँ प्रतिनिधिमण्डलसँग भेट गर्दै स्वास्थ्य क्षेत्रमा भएका सहकार्य, आगामी दिनमा हुनसक्ने साझेदारीका बारेमा छलफल गरेको बताइएको छ । 

प्रकाशित: १० जेष्ठ २०७५ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App