६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

काठमाडौं– अर्थविद् डा. शंकर शर्माले सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो भए पनि कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । नीति तथा कार्यक्रममार्फत् समृद्धिको लक्ष्य पेश गरे पनि कार्यान्वयनका आधारहरु नदेखाइएकाले कार्यान्वयन जटिल हुने बताएका हुन्।

रेडियो नागरिकसँगको कुराकानीमा अर्थविद् डा. शर्माले सरकारले रोजगारीका अवसरहरु स्वदेशमै सिर्जना गर्ने कुरामा विश्वास दिलाउन सक्नु पनि चुनौति रहेको बताए । हरेक वर्ष करिब ४ लाख नेपाली युवा विदेश जाने गरेको सन्दर्भमा उनीहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी हुने वातावरण बनाउन र त्यसका लागि विश्वास दिलाउन सक्नुपर्ने उनले बताए।

नेपालमा रहेका उद्योग तथा कलकारखानामा काम गर्ने दक्ष जनशक्तिसमेत बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको र यहाँ रहेको जनशक्ति अर्धदक्ष अवस्थामा रहेको उनको भनाई छ । डा. शर्माले नेपालले भारतलाई लक्षित उत्पादनहरु दिनसके सरकारको कार्यक्रम सफल हुन सक्ने बताए । उनले नेपालमा सञ्चालित उद्योगहरुको उत्पादकत्वसमेत बढाउन पर्ने जसका कारण लागत कम पर्ने भएकाले यसमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । डा‍‍. शर्मासँगको कुराकानी सुन्न तल क्लिक गर्नुहोस् ।

प्रकाशित: १० जेष्ठ २०७५ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App