८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकामा 'नेपाली बौद्धिक भेला'

अमेरिका– गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको आयोजनामा आगामी जुन १६ तारिखमा हुन लागेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीेका अनुसार बौद्धिकका लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री रविन्द्र अधिकारी अमेरिका आउने निश्चित भएको छ भने विज्ञका रुपमा नेपालबाट व्यवसायी विनोद चौधरी, योजना आयोगका पुर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले, अर्थविद विश्व पौडेल, काँग्रेस नेता गगन थापा, एमाले साँसद कृष्णभक्त पोख्रेल सहभागी हुने क्षेत्रिय संयोजक जोशीले बताए।

सम्मेलनका संयोजक डिल्ली भट्टराईका अनुसार १६ तारिख बिहानदेखि रातीसम्म आधा दर्जन कार्यपत्रहरु माथि छलफल हुनेछ । सम्मेलनको अन्त्यमा सान्फ्रान्सिस्को घोषणापत्र जारी गरिनेछ । डा. रुद्र अर्यालको संयोजकत्वमा घोषणापत्र जारी गर्न समिति गठन गरिएको छ । यो समितिले कार्यपत्रहरुको आव्हान र सर्ट लिष्टिङ भैरहेको छ। कार्यपत्र तयारकर्ता विज्ञटोलीमा अमेरिकी विशेषज्ञसहित डा.अम्बिका अधिकारी, डा.आमोद पोख्रेल, पुरु श्रेष्ठ, रुद्र अर्याल, नवराज गुरुड, प्रमोद ढकाललगायत छन्।

सो भेलाका लागि एनआरएन आईसिसिबाट पुर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य महासचिव डा. बद्री केसी, महिला उपाध्यक्ष सफिला राजभण्डारी, आईसिसि सल्लाहकार डा. हेम राज शर्मालगायत टोली आउने निश्चित भएको संयोजक भट्टराईले जानकारी दिए । आगामी अक्टोवर १४ मा नेपालमा हुन लागेको विश्वस्तरीय बौद्धिक सम्मेलनको मिनि सम्मेलनको रुपमा सानफ्रान्सिस्को सम्मेलन हुन लागेको हो। यस्तै सम्मेलन युरोपको लक्जेम्बर्समा पनि हुनेछ।

समृद्ध नेपाल, खुशी नेपाली अभियानलाई सहयोग पुग्ने गरी हुन लागेको यो भेलामा विदेशमा कार्यरत वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक, राजनीतिज्ञ, विद्यार्थी, व्यवसायी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा नेपालको विकासका चुनौती र यसलाई सम्बोधन गर्ने उपायका बारेमा छलफल हुनेछ । भेलामा पुर्वाधार विस्तार, वातावरण, स्वास्थ्य सेवा, अर्थनीति लगायतका क्षेत्रमा विज्ञहरूले आफ्नो कार्यपत्र र सुझावहरू समावेश गर्नेछन्।

प्रकाशित: १० जेष्ठ २०७५ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App