७ वैशाख २०८१ शुक्रबार
समाज

काठेकोल हराउँदा  शुद्ध तोरीको तेल अभाव

कुसे गाउँपालिका ९ मान्यजुरमा काठेकोलमा तोरी पेल्दै ७३ वर्षीय उज्वल रोकाय । तस्बिर :  जनक केसी

जाजरकोट – कुसे गाउँपालिका ९ पैकका ९३ वर्षीय वीरबहादुर  रोकायलाई गाउँघरमा  शुद्ध तोरीको तेल  पाउन छोडेकोमा  निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र  मिलमा पेलेका तेलहरू शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्। 

गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि  शुद्ध तोरीको तेल पाउन समस्या परेको  उनको दुखेसो छ। पहिले  टोलपिच्छे  काठे कोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरेपनि  अहिले  गाउँबाट काठे कोल हराउँदै गएपछि समस्या परेको उनको भनाइ छ।

‘पहिले टोल टोलमा ओखल र काठेकोल पाइन्थे जतातै शद्ध तोरीको  तेल  पाइन्थ्यो  तर अहिले  यत्रो गाउँपालिका भरी एक दुइटा मात्र कोल छन्’ उनले भने। वीरबहादुर मात्र होइन  कुसेको मान्यजुरका उज्वल रोकाय पनि गाउँमा आफ्नो घर बाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयहरू मिलतिर तेल पेल्न जाने गरेको बताउँछन्।  खानको लागि मात्र नभइ स्वास्थ्यका लागि  समेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भएपनि स्थानीयहरू सजिलोका लागि मिलमा गएर तेल पेल्ने  गरेको तिलकले बताए। उनका अनुसार काठेकोलमा  तेल पेल्न  झन्झट हुने भएकोले सबैले कोल बिर्सदै गएको बताए। स्थानीय  पहिचान र परम्पराको रुपमा रहेका पुराना काठेकोलहरू, पानी घट्टहरू र ओखलहरूमा पिसिएका खाद्यन्न निकै स्वस्थकर र ताजा हुने भएपनि सरोकारवालाहरू र युवा पुस्ताको वेवास्ताका कारणले हराउँदै गएको उनको गुनासो छ।

उनले  स्थानीय सरकारले गतिलो चासो लिए यी परम्परागत साधनहरूको  संरक्षण भएर परम्परा र जनताको स्वास्थ्यको रक्षामा समेत सहयोग पुग्ने बताए । विभिन्न बहानामा   हाम्रो मौलिक संस्कृति र परम्पराहरू हराउँदै गएका छन् तर राज्य र युवा पुस्तालाई कुनै मतलब छैन स्थानीय बुद्धिजीवी अमरबहादुर रोकायले भने। 

आफू पनि नकमाउने र पुर्खाले कमाएको  सम्पति पनि  जोगाउन नसक्ने अहिलेको पुस्ताले आउने पिढीका लागि  केही जोगाउला जस्तो छैन उनले भने । उनका अनुसार कुसे गाउँपालिकाका गाउँहरुमा मात्र नभएर  जिल्लाका सबै गाउँ र बजारहरुमा  लोक संस्कृति, परम्परा, र पहिचान झल्कले कला, साधन र अन्य वस्तुहरू पाउन निकै मुस्किल भइसकेको बताए । नयाँ पुस्ता र  राज्य  यसतर्फ  सचेत नभएसम्म  मौलिकता जोगिन नसक्ने  उनले बताए।

कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले  आगामी वर्षदेखि  आफ्नो गाउँपालिका भित्र परम्परागत रुपमा चल्ने पानी घट्ट, काठेकोल र मुसल सबैलाई जस्ताको तस्तै सञ्चालन हुने गरी  योजना  बनाउने बताए । गाउँसमाजको पहिचानको रुपमा रहेका ती साधनहरुलाई स्थानीय जनताकै सक्रियतामा संंरक्षण गर्ने   अवस्था ल्याउन आफूले विशेष पहल गर्ने  बताए। 

प्रकाशित: १० जेष्ठ २०७५ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App