४ वैशाख २०८१ मंगलबार
अर्थ

नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता

काठमाडौं– जोनडियर ट्याक्टरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकले जोनडियर ट्याक्टरमा ७५ प्रतिशत लगानी गर्ने उल्लेख छ ।बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्देशित गरिए बमोजिम कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको हो।

यसका लागि सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका अध्यक्ष विवेक दुगड र नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहाले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स जोनडियर ट्याक्टर नेपालका लागि आधिकारिक बिक्रेता हो ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App