८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहार गरी पत्नीको हत्या

इलाम – जिल्लाको माइजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूले आफ्नै पत्नीको हत्या गरेका छन्। इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङमा बस्दै आएका ३८ वर्षीया लिम्बूले बिहीबार राति २६ वर्षीया पत्नी विमला लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादका क्रममा लिम्बूले खुकुरी प्रहार गर्दा विमला गम्भीर घाइते भएकी थिइन्। छाती र पेटमा गम्भीर चोट लागेकी विमलाको उपचारक्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए। घटनापछि फरार लिम्बूलाई प्रहरीले शुक्रबार बिहान घटनास्थल नजिकैबाट पक्राउ गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App