coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजना भएको संयुक्त पत्रकार सम्मेलनपछि हात मिलाउँदै जर्मन चान्सलर एन्जेला मर्केल (बायाँ) र चिनियाँ प्रधानमन्त्री ली खछ्याङ । तस्बिर : एजेन्सी

बेइजिङ– इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

चीन भ्रमणमा रहेकी जर्मन चान्सलर मर्केलले इरान आणविक सम्झौता भंग भएमा उत्तर कोरियालाई निःशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ संकेत गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

दुई नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व समुदायले प्रभावित हुनु परेको भनिएको खुला व्यापार नीतिबारे पनि विश्वप्रसिद्ध चिनियाँ ग्रेट हलमा कुराकानी गरेका थिए । यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका विभिन्न छ शक्तिराष्ट्रसँग इरानले गरेको सम्झौतासँग बाझिने गरी इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाएका थिए । ‘तेहरानसँगको सम्झौता तोड्दा यसले इरानलाई मात्र प्रभावित पार्ने नभै यसबाट शान्तिपूर्ण तवरबाट समाधान गर्न सकिने जल्दाबल्दा अन्तर्राष्ट्रिय बिषयवस्तुलाई समेत नकारात्मक प्रभाव पार्नसक्छ,’ मर्केलसँगको भेटमा चिनियाँ प्रधानमन्त्री लीले बताए ।

‘विश्लेषकहरुका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पको कदमले उहाँको संवादप्रतिको विश्वसनीयतामा समस्या आउनसक्ने देखिएको छ,’ लीले उत्तर कोरियाको नाम नलिइकनै भने । भेटवार्ताका अवसरमा जर्मन चान्सलर मर्केलले ट्रम्पका पछिल्ला कदमबाट युरोपको अर्थतन्त्रमा परेको प्रभावबारे समेत छलफल गरेकी थिइन्।

यदि युरोपेली कम्पनीहरुले अमेरिकी कानुनको दोष देखाउँदै इरानमा रहेका आफ्ना गतिविधिबाट पछि हट्ने वा खुम्च्याउने हो भने यसले अन्य मुलुकमा व्यापार बढाउने मर्केलको भनाई थियो । जर्मन चान्सलर मर्केलले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा गाडीको आयात कर घटाएकोमा चिनियाँ कदमको स्वागत गरेकी थिइन् । यसले अन्य देशसँगको व्यापारिक कारोवारलाई वृद्धि गर्ने मर्केले बताएकी थिइन् । उनले विश्व निकै परिवर्तनशील रहेको र चिनियाँ कम्पनी तथा फर्मले जर्मनमा लगानी गर्ने प्रयासमा खुला व्यापार नीतिले नयाँ बाटो खोल्ने बताइन्।

 

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App