७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सिनेमा हल भत्किँदा तीनको मृत्यु

लन्डन– उत्तरी अर्जेन्टिनाको टुकुमान सहरमा रहेको एउटा पुरानो सिनेमा हल भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
पुनर्निर्माणको काम चलिरहेकै बेला उक्त सिनेमा हल भत्किएको बिबिसीले उल्लेख गरेको छ । भवन भत्किँदा केही कामदार हलभित्रै रहेकाले केही भग्नावशेषमै पुरिएको हुनसक्ने उद्दारकर्मीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सिनेमा हल भत्किँदा ठूलो विस्फोटको आवाज सुनिएको स्थानीयवासीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । स्थानीयवासीले विस्फोटको आवाज सुनिएको बताए पनि अग्निनियन्त्रकहरुले भने सिनेमा हल भत्किनुका कारणबारे अझै अनुसन्धान भइरहेको जनाएको छ ।

सिनेमा हल करिब ९० वर्ष पुरानो भएको र कैयौं दशकदेखि पार्राभिसिनी सिनेमा हल सञ्चालनमा रहेको बताइएको छ । केही समयपछि उक्त भवनमा चिनियाँ रेस्टुरेन्टसमेत सञ्चालन भएको र भवनको एउटा कुनामा बलिङ अलीसमेत सञ्चालन हुने गरेको बिबिसीले जनाएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App