७ वैशाख २०८१ शुक्रबार
समाज

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

महोत्तरी – जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट विहान साढे ७ वजे जलेश्वरका लागि छुटेको ना३ख ७५२५ नम्वरको दिलशाद ट्राभल्सको बस तिव्र गतिका कारण कल्र्भट निर्माणका लागि बनाइएको डाइभर्सन कटाउने क्रममा अनियन्त्रित भई सडकबाट तल खेतमा पल्टियर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकामध्ये केहिको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ भने केहि यात्रुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक महिला सहित तीन जनाको अवस्था गम्भिर छ। दुर्घटना स्थलमा पिपरा प्रहरी चौकी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरु पुगेर घाइतेहरुको उद्दार गरेका थिए। प्रहरीका अनुसार बस चालक भने फरार छन्।

प्रकाशित: ११ जेष्ठ २०७५ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App