८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुरामा चट्याङ लागेर १३ जना घाइते

डडेल्धुरा – बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनीमा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले  जनाएको छ।

पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङ लागेर परशुराम नगरपालीका–६ छेलाका  २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै घाइते हुनेमा  पर्शुराम नगरपालिका–७ का घाइते हुनेमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेका छन्।  

घाइते हुनेमध्ये बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चट्याङ लागेर छेलामा एउटा गाई पनि मरेको बताइएको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App