coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यकर्ताको गुनासो– ‘टंक राई जेटबाटै हराए’

खोटाङ– नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्यमा खोटाङका टंक राईको नाम छुटेको भन्दै पूर्व माओवादी केन्द्रका कार्यकर्ता असन्टुष्ट देखिएका छन्। पूर्व माओवादी केन्द्रबाट नाम सिफारिस भए पनि महासचिव बिष्णु पौडेलले सार्वजनिक गरेको नेकपाको ४४१ सदस्यीय कमिटिमा राईको नाम समावेश नभएपछि कार्यकर्तामा असन्तुष्टी देखिएको हो। पूर्व माओवादी केन्द्रका स्थायी समिति सदस्य राईको नाम नियतबस ‘छुटाइएको वा भुलवस छुटेको’ भन्ने विषयमा खोटाङमा पूर्वमाओवादी केन्द्रभित्र चर्को बहस भइरहेको छ।

 पार्टी एकताकाक्रममा पुर्व माओवादी केन्द्रकोतर्फबाट नेकपाको केन्द्रीय सदस्यमा जाने नेताको क्रमसंख्या ३१ मा परेका राईको नाम जेठ ८ गते सार्वजनिक गरिएको केन्द्रीय कमिटिमा अटाएको छैन। एकता संयोजन समितिलाई बुझाएको सूचीबाट राईको नाम हट्दा कार्यकर्ताले बैठक, भेटघाट, फोनवार्तादेखि सामाजिक सञ्जालमा असन्तुष्टी पोखिरहेका छन् । ‘अध्यक्षद्धय ! जेठ ३ गते सिट नम्बर ८८ मा यात्रा गरेका टंक राई जेटबाटै हराउनु भएको खबर सनसनी छ,’ पूर्व माओवादी नेता दिपक पाण्डेले शुक्रबार फेसबुकमा लेखेका छन्, ‘३ गते उडेको जेठ १० गते बैठकमा अवतरण भयो तर टंक राई भेटिनु भएको छैन खोजी पाउँ।’

नेकपाको केन्द्रीय सदस्यमा खोटाङबाट एमालेकातर्फबाट खगेन्द्र राई, बिशाल भट्टराई र राजन राई तथा माओवादीबाट रामकुमार राई, समिता कार्की र दुर्गाजयन्ती राईको नाम समावेश भएको छ। राईको नाम छुटेपछि अध्यक्षद्धय केपी ओली र प्रचण्ड समक्ष गुनासो राख्दा निर्वाचन आयोगमा दर्ता गर्नेक्रममा मिलाउने जवाफ आएको पूर्वमाओवादी केन्द्र खोटाङका नेता सरेश राईले बताए । ‘परिणाम हेर्दा छुटाइएकोजस्तो देखिन्छ, नेतृत्वलाई सोध्दा छुटेको जवाफ आउँछ,’ राईले भने, ‘पार्टीभित्र एक किसिमको असन्तुष्टी छ। कतिपय त पोलिटव्यूरो सदस्य बनेका नेता नै नेकपाको केन्द्रीय कमितिमा नअटाउँदा पनि असन्तुष्टी स्वभाबिक छ ।’ राई पूर्वसांसद हुन् । केन्द्रीय कमिटिमा नाम नअटाउनुको पछाडि कतिपय कार्यकर्ताले उनीमाथि ‘खेल’ खेलिएको अर्थ लगाएका छन्।

टंक राईको नाम नेकपाको केन्द्रीय सदस्यमा छुट भएकोप्रति दिपेन्द्र किरातीले शुक्रबार फेसबुकमार्फत ‘२००६ सालमा अग्रजहरुले खोटाङबाट उँडाएको बाम जहाज ल्याण्डिङ गर्नेक्रममा केही यात्रु घाईते भएको’ भन्दै व्यांग्य गरेका छन्। माओवादी केन्द्रमा पोलिटव्यूरो र केन्द्रिय सदस्य बनेका तर पार्टी एकताकाक्रममा नअटाएका नेता समेत असन्तुष्ट देखिएका छन्।

प्रकाशित: ११ जेष्ठ २०७५ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App