४ वैशाख २०८१ मंगलबार
राजनीति

कर्मचारीको व्यवस्थापन छिटो हुन्छः मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारी लामो समयसम्म केन्द्रीय प्रशासनमा रहन नसक्ने भएकाले यसको व्यवस्थापन छिटो हुने बताएका छन्। 

शुक्रबार नेपालगञ्जमा आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रदेश ५ स्तरीय भेला र प्रशिक्षणको उद्घाटन गर्दै उनले जनताको ८० प्रतिशत काम प्रदेश र स्थानीय तहबाट हुने भएकाले कर्मचारी व्यवस्थित भएमा मात्र आधिकारिक ट्रेड युनियन बलियो हुन सक्छ भने। 

कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, निजामती कर्मचारी युनियन संघ केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेललगायत वक्ताले पनि बोलेका थिए। 

त्यस अवसरमा आधिकारिक ट्रेड युनियन बाँकेले प्रकाशन गरेको ‘निजामति चौतारी’ नामक स्मारिकाको विमोचन गरिएको थियो। भेला तथा प्रशिक्षण कार्यक्रममा संघीय र प्रदेशको निजामती सेवा ऐन, कर्मचारी समायोजन नियमावली र ट्रे्ड युनियनको प्रादेशिक स्वरुपका विषयमा छलफल गर्नाका साथै सहभागीलाई प्रशिक्षित गराइएको थियो। 

प्रकाशित: ११ जेष्ठ २०७५ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App