७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

रौतहटको प्रसिद्ध मत्सरी मन्दिरमा शुक्रवार पूजा गर्दै पूर्व राजा ज्ञानेन्द्र । तस्बिर: मदन ठाकुर

रौतहट – पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ पूर्वा राजा ज्ञानेन्द्रले पूजा पाठ गरेका हुन्। 

जिल्लाको सवैभन्दा ठूलो शक्ति पिठको रुपमा मानिएको उक्त मन्दिरमा पूर्व राजा ज्ञानेन्द्रले पाँच पण्डितद्वारा बैदिक एवं तान्त्रिक मन्त्रोउच्चारण गरेर करिव २५ मिनेट सम्मे पूजापाठ गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह पुजा गर्न आउने जानकारी पाउन साथ उनको समर्थकका साथै ठूलो संख्यामा महिला तथा पुरुषहरु उपस्थित भएका थिए।
 
पूजा पश्चात दुर्गा मन्दिर समितिले उनलाई नागरिक अभिनन्दन समेत गरेका छन् । छन्द र गद्द पद्धतीबाट तयार पारिएका अभिनन्दन पत्र स्थानीय रुद्रनारायण झा र मनोज झाले वाचन गरेका थिए । 
मन्दिरमा पूजा गर्न गएका पूर्वराजा ज्ञानेन्द्रसँग संचारकर्मीको प्रश्नको जवाफमा उनी बोल्न आनाकानी गरेपनि संचारकर्मीको निकै प्रयास पछि आफूले पूजापाठ गर्न आएको बखत ठूलो संख्यामा स्थानीयवासीकोे उपस्थिति देखेर निकै खुशी लागेको बताए । जनताहरूको विश्वास बढीरहँदा कतै तपाई नयाँ पार्टी बनाउने त होइन भने प्रश्नको जवाफमा त्यसो कुनै कार्यक्रम  नभएको र कुनैपनि पार्टी नखोल्ने प्रतिक्रिया दिएका थिए । 

आफू यहाँ यस मन्दिरमा आएर पुजा गर्दा निकै उत्साहित भएको तर राज्य प्रति जनताहरुको उदाशिनताको सन्दर्भमा तपाईहरु नै भन्नु यति मात्रै उनले जवाफ दिए । पूर्व राजाको स्वागतमा दुर्गा मन्दिर पूजा व्यवस्थापन समितिले पञ्च कन्याद्वारा स्वागत गरिएको थियो । 
जुनसुकै पार्टीमा आबद्ध भएपनि एकजुट भएर मत्सरीवासीद्वारा पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको दुर्गा मन्दीर मत्सरीका पुजा व्यवस्थापन समितिको सदस्य विनय झाले बताए ।

 

प्रकाशित: ११ जेष्ठ २०७५ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App