८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

कोलम्बो – श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। 

वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्। 

केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पीलीले अत्यधिक वर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउँदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोली खटाइएको जानकारी दिए। 

उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका झण्डै चार हजार घरहरुमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ। 
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका थिए। 

मौसम पुर्वानुमान विभागले पनि देशभरी ठूलो वर्षा हुने भविष्यवाणी गरेको थियो। श्रीलङ्कामा हरेक वर्ष अत्याधिक वर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ। 

गत वर्ष वर्षाका कारण आएको बाढी पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए। 

प्रकाशित: ११ जेष्ठ २०७५ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App