वासिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्ता अागामी जुन १२ मा हुन पनि सक्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा वार्ता स्थगित गरिएको सूचना एकाएक सार्वजनिक गरेका थिए। उत्तर कोरियाली नेता किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको ट्रम्पले बताएका थिए। वार्ता राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको थियाे।
उत्तर कोरियाले दक्षिण कोरियासँग गरेको शान्ति सम्झौता अनुसार आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको थियाे। तर त्यसको मूल्यांकन अमेरिकाले नगरेको उत्तर काेरियाकाे भनाइ छ। उत्तर कोरियाले पछिल्लो समयमा गरेको विश्व शान्तिका प्रयासहरु अमेरिकाले भने कमजोरीका रुपमा लिएको उत्तर कोरियाले बताएको छ।
प्रकाशित: १२ जेष्ठ २०७५ ०३:५२ शनिबार