८ वैशाख २०८१ शनिबार
अन्य

हराइयो भने के गर्ने?

इतान प्याज अमेरिकाको न्युयोर्क सहरमा बस्थे। सन् १९७९ मा उनी ६ वर्षका थिए। एकदिन उनी आफ्नो घरबाट स्कूल गएका थिए। तर उनी न स्कूल पुगे, न त घर नै फर्के। उनी स्कूल जाँदै गर्दा हराए। उनी हराएपछि बालबालिकाको सुरक्षाबारे धेरैले आवाज उठाए। सन् १९८३ मा आइपुग्दा अमेरिकाका त्यतिबेलाका राष्ट्रपति रोनाल्ड रेगनले मे – २५ लाई ‘नेसनल मिसिङ चिन्ड्रेन डे’ अर्थात ‘हराएका बालबालिकाको राष्ट्रिय दिवस’ घोषणा गरे।

अमेरिकाले यो दिवस मनाउन थालेपछि विस्तारै विश्वका अन्य देशले पनि मे २५ का दिन हराएका बालबालिकाको दिवस मनाउन थाले । सन् २००१ पछि त यो दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाइयो।

शुक्रबार (मे २५) मा यो दिवस नेपालमा पनि मनाइयो। अब तिमीलाई लाग्ला, हराएका बालबालिकाको दिवस किन मनाइन्छ?

यो प्रश्नमा शक्ति समूहका सञ्चार संयोजक आशिष दुलाल भन्छन्, ‘हाम्रा बालबालिका पनि हराइरहेका छन्। ती हराएका बालबालिकाको सुरक्षा र बालबालिकालाई हराउनबाट बचाउन यो दिवस मनाइन्छ।’ दुलालका अनुसार नेपालका गाउँ र सहरमा बालबालिका हराउने गरेका छन्। हराएका बालबालिका श्रम शोषण, यौन शोषण, हिंसा, अपहरण, दुर्घटनामा पर्ने गरेको उनी सुनाउँछन्।

मनिषले भनेझैं नेपालमा कुनै बालबालिका हराएमा वा अप्ठेरोमा परेमा बालबालिका खोजतलास समन्वय केन्द्रको टेलिफोन नम्बर १०४ मा फोन गरेमा तुरुन्तै खोजी गर्ने व्यवस्था हुन्छ। यो सहयोगका लागि नेपाल प्रहरीको टेलिफोन नम्बर १०० र बाल हेल्पलाइन १०९८ मा पनि फोन गर्न सकिन्छ। यो नम्बरमा जो कसैले पनि फोन गर्न सक्छन्।

हराउनबाट बच्न बालबालिका आफैं सजग हुनुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘नचिनेको मानिसले फकाएमा, धम्काएमा अभिभावकलाई भन्नुपर्छ। नचिनेका मानिसको दिएको खानेकुरा झट्टै खाइहाल्नुहुँदैन।’ अनि आफू कुनै पनि अप्ठ्यारोमा परे प्रहरीलाई खबर गर्नुपर्ने पनि उनले सुझाव दिए।

दिवसका अवसरमा काठमाडौंको धुम्बराहीमा शक्ति समूह नेपालले कार्यक्रम पनि ग-यो। कार्यक्रममा बालबालिका कसरी हराउन सक्छन् भन्ने विषयमा डकुमेन्ट्री देखाइएको थियो। अनि शक्ति समूहले यहि विषयमा कचहरी नाटक पनि देखायो।

नाटकमा पाँच कक्षा पढिरहेका अशोक कसरी हराउन पुग्छन् भन्ने विषय देखाइएको थियो। कचहरी नाटकको कथा कुनै समस्यामा गएर टुङ्गिन्छ र दर्शकलाई नै सोधेर कलाकारले समस्या समाधान गर्छन्। यस्तै यो नाटकमा पनि नाटकका दर्शकको रुपमा रहेका विद्यार्थीहरुले नै  समस्यामा परेका अशोकलाई मुक्त गराएका थिए ।

नाटकमा अशोकको भूमिका निर्वाह गरेका थिए, भक्तपुरका प्रभात निरौलाले । उनी भक्तपुर चाँगुनारायणको फुल ब्राइट स्कूलमा कक्षा नौ पढिरहेका छन् । पढ्नेबाहेक अभिनयमा उनको रुचि छ । हराएका अशोकको भूमिकामा अभिनय गर्दा आफू नै पीडमा परेजस्तो अनुभूत भएको उनले सुनाए।

नाटकमा श्रम शोषणमा परेको अभिनय गरिरहँदा त्यसबाट कसरी मुक्त हुने भन्ने कुरा मनमा आइरहेको उनले बताए । यो नाटकमा अभिनय गरेपछि बालबालिकाले हराउनबाट बच्न सुरुमा आफैं सजग हुनुपर्ने कुरा सिकेको प्रभात बताउँछन्। ‘हामी बालबालिकाले आफ्नो अभिभावकसँग सबै कुरा भन्नुपर्छ। अभिभावकले पनि आफ्ना साना छोराछोरीका लागि मायालु वातावरण बनाउनुपर्छ।’ उनी भन्छन्, ‘आमाबाले बालबालिकालाई रिसाएर, कुटपिट गरेर भन्दा पनि फकाएर माया गरेर सम्झाउनुपर्छ। अनि बालबालिकाले आफूलाई परेको समस्या भन्न सक्छन्।’ हराउनु वा समस्यामा पर्नुअघि नै रोकथाम गर्न यिनै उपाय राम्रो हुने प्रभातको सुझाव छ।

यो नाटक हेर्न आएका दर्शकमध्येका थिए, मनिष गढाल। उनी श्रम राष्ट्रिय माद्यमिक विद्यालयमा कक्षा ८ मा पर्छन्। मनिषले हराएका बालबालिकासम्बन्धी दिवसका बारे पहिलोपटक थाहा पाएको बताए। नाटक र डकुमेन्ट्री हेरेपछि बालबालिकाको सुरक्षासम्बन्धी धेरै कुरा सिक्न पाएको उनले बताए। उनले भने, ‘आफ्नो मनको कुरा साथीहरु र आमाबुवालाई भन्नुपर्ने रहेछ। १०४ नम्बरमा प्रहरीलाई फोन  गरेर सहयोग पनि लिन सकिने रहेछ।’

मनिषले भनेझैं नेपालमा कुनै बालबालिका हराएमा वा अप्ठेरोमा परेमा बालबालिका खोजतलास समन्वय केन्द्रको टेलिफोन नम्बर १०४ मा फोन गरेमा तुरुन्तै खोजी गर्ने व्यवस्था हुन्छ। यो सहयोगका लागि नेपाल प्रहरीको टेलिफोन नम्बर १०० र बाल हेल्पलाइन १०९८ मा पनि फोन गर्न सकिन्छ। यो नम्बरमा जो कसैले पनि फोन गर्न सक्छन्।

प्रकाशित: १२ जेष्ठ २०७५ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App