८ वैशाख २०८१ शनिबार
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाईते

तनहुँ – व्यास नगरपालिका १२ कमलवारी र देउरालीबीचको मोडमा शनिबार वेलुकी सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।

पोखराबाट काकडभित्ता जाँदै गरेको ना५ख ३०८२ नम्बरको यात्रुवाहक बससँग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना५५प १५९४ नम्बरको मोटर साइकल पुथ्वी राजमार्ग अन्तर्गत् साे सडक खणडमा ठोकिदा पर्सा रेखा गाउँपालिका–३ का  राज राय र पर्सा सुगौलीका धिरज चौधरीको मृत्यु भएको हाे। उनीहरुको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै विरगञ्ज घर भएका सञ्जय चौधरी  र पर्सा सुगौलीका भोला चौधरीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए। सञ्जय चौधरीको अवस्था गम्भिर रहेकाे र भोला चौधरीको अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ।

डुम्रेस्थित एक हार्डवेयर पसलमा काम गर्ने भोलाले घुम्न भनेर अन्य ३ जनालाई बोलाएका थिए। उनिहरु चारै जनाले एउटै मोटरसाइकलमा यात्रा गरेको प्रहरीको भनाई छ। बस चालक र बस नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App