७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

आश्चर्य रूपमा शनिबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको गैरसैनिक इलाका भेट गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन (बायाँ) र उत्तर कोरियाली नेता किम जोङ–उन। तस्बिर : ब्लू हाउस ट्विटर

सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले दुई देशबीचमा रहेको गैरसैनिक सीमा क्षेत्रमा शनिबार आकस्मिक शिखर बैठक गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाी नेता किम जोङ–उनबीच यही जुन १२ का दिन सिंगापुरमा हुने भनेर तय भएको शिखर बैठकलाई ट्रम्पले एकतर्फी रूपमा रद्द गरेपछि दुई नेताबीच आश्चर्य रूपमा भेट हुनुलाई अत्यन्तै अर्थपूर्ण रूपमा हेरिएको बिबिसीले जनाएको छ।

किम र मुनबीच पान्मुन्जोम शान्ति गाउँको उत्तरी क्षेत्रमा स्थानीय समयअनुसार दिउँसो ३ देखि ५ बजेभित्रमा भएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच शिखर बैठक निश्चित गर्न र त्यसलाई सफल बनाउनका लागि दुई कोरियाली नेताबीच शिखर बैठक भएको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘अमेरिका–उत्तर कोरियाली शिखर बैठकलाई सफलतापूर्वक गर्ने विषयमा दुवै देशका नेताले आ–आफ्नो विचार राखेका थिए,’ दुई कोरियाली नेताबीच भएको शिखर वार्तामा भएका उपलब्धीबारे दक्षिण कोरियाली राष्ट्रपति मुनले आइतबार बिहान घोषणा गर्ने बताउँदै ब्लू हाउसले जनाएको छ । दुई कोरियाली नेताबीच आश्चर्य रूपमा बैठक भएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जानकारी गराए पनि गोप्य बैठक कसरी आयोजना गरियो र शनिबारको बैठकका लागि कसले आह्वान ग-यो भनेबारेमा भने केही बताइएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच शिखर बैठक निश्चित गर्न र त्यसलाई सफल बनाउनका लागि दुई कोरियाली नेताबीच शिखर बैठक भएको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच यदि वार्ता भयो भने बैठक कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने र तनाव कम गर्ने विषयमा केन्द्रीत हुने अनुमान गरिएको छ।

शनिबारको भेट दुई कोरियाली नेताबीचको दोस्रो भेट हो । यसअघि किम र मुनबीच अप्रिल २७ मा दुई देशको सीमामा रहेको गैरसैनिक इलाकामा शिखर बैठक भएको थियो । अप्रिल २७ को प्रथम ऐतिहासिक शिखर बैठकमा दुई कोरियाबीच सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धलाई यसै वर्षभित्र औपचारिक रूपमा अन्त्य गर्नेबारे सहमति भएको थियो । त्यसैगरी कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउने विषयमा मिलेर काम गर्ने सहमति भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणापछि अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक वार्ताका लागि प्रयासस्वरुप दुई कोरियाली नेताले भेटवार्ता गरेको अनुमान गरिएको छ । गत बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित जुन १२ को अमेरिका–उत्तर कोरियाबीचको बैठकलाई रद्द गरेको घोषणा गरे पनि शुक्रबार पुनः निर्धारित मितिमै बैठक हुन सक्ने संकेतसमेत गरेका थिए। घोषणा नगरिएको किम र मुनबीचको पछिल्लो बैठक अमेरिका–उत्तर कोरिया शिखर बैठकलाई लिएर एक सातादेखि भइरहेको उतारचढावका बीच आएको नाटकीय कूटनीतिक कदम हो । पछिल्लो बैठक अमेरिका र उत्तर कोरियाबीच बैठक गराउनका लागि गरिएको अर्थपूर्ण प्रयासका रूपमासमेत लिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App