७ वैशाख २०८१ शुक्रबार
राजनीति

नीति तथा कार्यक्रम पारित

काठमाडौं- सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएको छ। विपक्षी नेपाली कांग्रेस सहितका दलले हालेको संशोधन प्रस्ताव फिर्ता लिएनन्।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ। राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले शहीदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने भन्ने शब्द समावेश गर्न लगायतका विषयमा संशोधन प्रस्तुत गरेका थिए।

विभिन्न राजनीतिक दलका २३ जना सांसदले १६ भन्दा बढी बुँदामा संशोधन हालेका थिए। राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरेकी थिइन्।

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App