coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ अाइतबार सदनमा पेश गरेका छन्। 

अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिए। 

उनका अनुसार चालू आर्थिक वर्षमा ५.९ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ। उनले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान २७.६ र ७२.४ प्रतिशत रहेको पनि जानकारी दिए। 

चालू आवमा प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ। उनका अनुसार पछिल्लो अनुमानअनुसार ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रुपमा ८० लाख मानिस गरिबीको रेखामुनि रहेका छन्। 

आन्तरिक बचत दर सुधारोन्मुख भएपनि यस वर्ष कूल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमा मात्र बचत हुन सकेको र लगानी सात प्रतिशत रहेको उल्लेख गर्दै उनले बचत र लगानीको प्रतिशतप्रति सन्तोष व्यक्त गरे। 

वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ प्रतिशत रहेको र मूल्य चाप बढ्दै गएको सर्वेक्षणले देखाएको छ। राजश्वको वृद्धि सन्तोषप्रद भए पनि सरकारी खर्चमा भएको तीव्र गतिले गर्दा बजेट घाटा बढ्दै गएको छ। 

आव २०७२/७३ मा नाफा गर्ने संस्थानको संख्या २३ रहेकामा चालू आवमा २६ वटा संस्थाले नाफा कमाएको छ। शेयर बजार स्थिरता जाने विश्वास पनि उनले व्यक्त गरे। रासस

प्रकाशित: १३ जेष्ठ २०७५ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App