७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्रका जवानले भेट्टाएको रकम फिर्ता गरे

काठमाडौं– एटीएमबाट पैसा निकाल्दा भेटिएको ३० हजार रुपैयाँ नगद सशस्त्र प्रहरीका जवानले फिर्ता गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकको रुपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपरान्ह काठमाडौको नयाँ बानेश्वर स्थित एक एटीएमबाट रकम निकाल्न खोन्दा त्यहाँ उनले उल्लेखित रुपैयाँ भेटाएका थिए।

त्यसठाउँमा रहेको ग्लोबल आइएमई बैंकको एटीएम मेसीनको बाहिरै रहेको अवस्थामा सो रकम भेटिएको थियो। उक्त रकम उनी अघिको एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ।

श्रेष्ठले सो रकम आइतबार ग्लोवल आइएमई बैंक नयाँ वानेश्वरका शाखा प्रवन्धक सुशील कुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाई दिन आग्रह गरिएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App