६ वैशाख २०८१ बिहीबार
समाज

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

डोल्पा– डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

यार्सा टिप्न यार्सा पाटन गएका डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुका ३२ वर्षीय नारायण पहाडी, जाजरकोट नलगाड–८ खगेनकोटका ३५ वषीय भद्रबहादुर चुनार र डोल्पा काइके गाउँपालिकाको सगरमाथा आधारभुत बिद्यालयका प्रधानाध्यापक नरबहादुर रानाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक पहाडी यार्सागुम्बा टिप्न ठुलीभेरी नगरपालिका–१० रहमा पर्ने ग्यालवारा पाटनमा र चुनारा डोल्पोबुद्द गाउँपालिकाको धो ताक्सी पुगेका थिए। उनीहरु लेक लागेर बिरामी भएपछि उपचारको लागि दुनैस्थित जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

यसैगरी प्रधानाध्यापक राना यार्सागुम्बा टिपेको हेर्न र आफू यार्सा टिप्न ठाँगे लेकमा जाँदै गर्दा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

लेक लागेरै गम्भीर बिरामी परेका आठबीसकोट नगरपालिका–१० का हरिबहादुर शाहीको उद्दार कार्य चलिरहेको जिल्ला प्रशासान कार्यालयले जनाएको छ।

डोल्पाको धो ताक्सी उपत्यका ४ हजार २ सयदेखि ४५ सयको उचाईमा रहेको मानव बस्ती नेपालकै उच्च बस्तीको रुपमा मानिन्छ। 

यत्तिखेर डोल्पाका विभिन्न उच्च हिमाली यार्सायुक्त पाटनहरुमा हजारौ यार्सा संकलकहरु पुगेका छन् भने अझै पनि जाने क्रम जारी छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App