८ वैशाख २०८१ शनिबार
समाज

किड्नी प्रत्यारोपण गराउने पक्राउ

भक्तपुर– प्रहरीले किड्नी प्रत्यारोपण गराउने एक जनालाई आइतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले ललाईफकाई किड्नी प्रत्यारोपण गराएको उजुरीको आधारमा मोरङको विराटनगर उपनगरपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १ डेरा गरी वस्ने वर्ष ५१ का थर्कबहादुर वस्नेतलाई पक्राउ गरेको जनाएको छ। 

काभ्रेको टुकुचा गाविस ९ घर भई हाल बनेपा नगरपालिका २ वस्ने वर्ष २९ को कुमार गिरीको बायाँं किड्नी वैशाख १० गते निकाली प्रत्यारोपण गराएको दाजु प्रल्हादले गरेको उजुरीको आधारमा वस्नेतलाई पक्राउ गरेको परिसकार सूचना अधिकृत कृष्ण प्रसाईले बताए। 

भक्तपुरस्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा ललाईफकाई किड्नी झिकेर प्रत्यारोपण गरेको उजुरीको आधारमा वस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बस्नेतलाई मानव अंग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App