७ वैशाख २०८१ शुक्रबार
अर्थ

यामाहा एफजी २५ राइड आउट

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले  एफजी २५का राइडरका लागि साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करण गरेको छ।

यसपटक गण्डकी अञ्चलका एफजी २५ राइडरर्सलाई पोखराको यामाहा डिल विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै वाटरफ्रन्ट रिसोर्टसम्मको यात्रा गरेको कम्पनीले जनाएको छ । पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’लगायत सामुहिक टास्क दिइएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै राइडरलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट गरिएको बताएको विज्ञप्तिमा छ ।अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सिसीको शक्तिशाली इन्जिन छ । मोटरसाइकलमाथि नियन्त्रण सहज बनाउन यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७५ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App