७ वैशाख २०८१ शुक्रबार
समाज

पतिको पिटाइले हप्ता दिनदेखि बेहोस

बर्दिया – पतिले फलामे छडले प्रहार गर्दा घाइते एक महिलाको होस सात दिन बितिसक्दा पनि आएको छैन। कोहलपुरस्थित शिक्षण अस्पतालको आइसियु कक्षमा भर्ना भएकी बर्दिया बासँगढी नगरपालिका –५ कि ३३ वर्षीया छोटकनी यादवको अझै होस नखुलेको हो।

घरायसी विवादका क्रममा पति दशरथ यादवले फलामे छडले टाउकामा हिर्काउँदा छोटकनी बेहोस भएकी थिइन्। छिमेकी तथा आफन्तको सहयोगमा अस्पताल पु-याइए पनि अझै होस नखुलेको छोटकनीका दाइ धनेष यादवले बताए।

ज्यान मार्ने उद्देश्यले श्रीमतीलाई फलामे छडले हानेर फरार दशरथविरुद्ध इलाका प्रहरी कार्यालय बाँसगढीमा आफन्तले उजुरी दिएका छन्। फरार दशरथको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App