coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चका आदेश अक्षरशः पालना हुनुपर्छ : आयोग

काठमाडौं – मानवअधिकार आयोगले संक्रमणकालीन न्यायको उचित सम्बोधनका लागि सर्वोच्च अदालतबाट भएका आदेश र आयोगका सिफारिस अक्षरशः पालना गर्नुपर्ने बताएको छ। आयोगको १८ औं वार्षिकोत्सको अवसरमा बोल्दै अध्यक्ष अनुपराज शर्माले १७ वर्षसम्म पीडितको घरघरमा पुगी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भन्दै अक्षरश पालना हुनुपर्नेमा जोड दिए।

अध्यक्ष शर्माले मानवअधिकार आयोगको उल्लंघन उजुरीमाथि अनुसन्धान र फछ्र्यौट तथा दोषीलाई कारबाही, पीडितलाई राहत तथा क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको बताए। आयोगले गरेको सिफारिस पूर्ण कार्यान्वयन प्रतिशत निकै कम भएकोमा चिन्ता व्यक्त गरिएको छ। आयोगले वार्षिकोत्सवको अवसरमा दयाराम स्मृति मानवअधिकार पुरस्कार दुईजनालाई प्रदान गरेको छ। मानव सेवा आश्रम हेटौंडालाई र विकिल्ली मिररका सम्पादक प्रेमकुमारी पन्तलाई सम्मान पुरस्कार दिइएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App