७ वैशाख २०८१ शुक्रबार
अन्य

सिहंदरबारभित्र पुराना गाडी निषेध

काठमाडौ - सिहंदरबारभित्र पुराना गाडी मुक्त गराउन पुराना गाडी लिलामी गर्न या ममर्त गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले २१ वटै मन्त्रालयलाई निर्देशन दिएको छ । सिहंदरबारमा जथाभावी राखिएका थोत्रा गाडीले सिहंदरबारको सुन्दरता बिगारेको तथा प्रशासनिक खर्च बढाएको भन्दै सरकारले सिहंदरबारलाई थोत्रा गाडी मुक्त गर्न लागेको हो।

थोत्रा गाडी मुक्त गर्न प्रधानमन्त्री कार्यालयले २१ वटै मन्त्रालयमा जिम्मेवार व्यक्ति पनि तोकेको छ । जसलाई सम्बन्धित मन्त्रालयको सरसफाई, हरियाली प्रवद्र्धन र सवारी व्यवस्थापनको जिम्मेवारी दिइएको छ । मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कँुुवरले भने, ‘सिहंदरबारमा भएका थोत्रा गाडीको तत्काल व्यवस्थापन गर्न हामीले सबै मन्त्रालयमा पत्राचार गरेका छौ । साथै सिंहदरबारलाई चिटिक्क बनाउने अभियान पनि थालेका छौं।’

मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले २१ वटा मन्त्रालयलाई पठाएको पत्रमा प्रयोगमा आउन नसक्ने गाडीलाई लिलामी गर्न, मर्मत सम्भार हुन सक्ने गाडीलाई मर्मत सम्भार गरी प्रयोगमा ल्याउन तथा मन्त्रालयलाई बढी भएको गाडी प्रदेशमा पठाउनका लागि प्रधानमन्त्रीको कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ।

यसअघि मन्त्रालयहरुसँग थोत्रा गाडी, प्रयोगमा आउन नसक्ने गाडी तथा समान्य मर्मत गरी प्रयोगमा आउन सक्ने गाडीको विवरण माग गरिएको थियो । सोही विवरणअनुसार मन्त्रालयलाई आइतबार दोस्रो पटक पत्र काटी गाडी व्यवस्थापन गर्न निर्देशन दिइएको हो ।

प्रधानमन्त्रीको कार्यालयमा प्राप्त विवरणअनुसार सिंहदरबरमा थोत्रा गाडीको संख्या झन्डै तीन सय छ । जसमा केही गाडीको मूल्य दुई करोडभन्दा बढी मूल्यका छन् । सूचना तथा सञ्चार, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अन्य मन्त्रालयको तुलनामा बढी थोत्रा गाडी रहेको छ । प्रधानमन्त्रीको कार्यालयले परराष्ट्र मन्त्रालयलाई पनि विदेशस्थित नेपाली दूतवास, नियोग, महावाणिज्यदूतमा रहेका सवारी साधानको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App