coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अनमोलसँग सुहानी

काठमाडौं–अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मार्फत अभिनयमा डेब्यु गरेको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री झरना थापाकी छोरी सुहानी थापा पनि फिल्ममा आउने भएकी छन् ।

कविताले शिव श्रेष्ठको फिल्मबाट शिवकै छोरा शक्ति श्रेष्ठसँग डेब्यु गर्न लागिरहँदा सुहानीले भुवन केसीका छोरा अनमोल केसीसँग डेब्यु गर्ने भएकी छिन् । आमा झरना थापाले निर्देशन गर्ने  ‘ए मेरो हजुर ३’ सुहानीको पहिलो फिल्म हुनेछ जहाँ उनले अनमोलसँग जोडी बाध्नेछिन्।

झरनाले सुहानीको डेब्यु आकस्मिक भएको बताइन् ।‘खासमा ब्याचर्सको पढाइ सकिएपछि फिल्म खेलाउने सोच थियो । अनमोल र सुहानीको जोडी हुँदा राम्रो हुन्छ भन्ने भएपछि अहिले नै फिल्म खेल्न लागेकी हो,’थापाले भनिन् ।सुहानीलाई अनमोलसँग अभिनय गराएर फिल्ममा ‘सेफल्याण्डिङ’ गर्न खोजेको सञ्चारमाध्यममा चर्चापरिचर्चा भइरहँदा झरनाले सुहानीको फिल्म खेल्ने निर्णयलाई ‘सेफ ल्यान्डिङ’ भन्न नमिल्ने बताइन्।

‘यो सेफ ल्यान्डिङभन्दा पनि संयोग हो । एउटा अभिनेतालाई पनि राम्रो फिल्म चाहिन्छ । सुहानीले खेलोस् भन्ने भुवन दाइ र अनमोल दुवैको चाहना हो,’थापाले भनिन् ।  ’ सुहानी हाल अमेरिकामा व्यवस्थापनमा ब्याचलरकी दोस्रो सेमेस्टर पढिरहेकी छिन् ।झरनाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ सफल फिल्ममा पर्दछ । यो फिल्ममा अनमोललाई अभिनय गराउने चर्चा चले पनि नवनायक सलिनमान बनियाँले डेब्युको अवसर पाएका थिए । लेखन कार्य भइरहेको फिल्म भदौको अन्तिमबाट फ्लोरमा जानेछ ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App