८ वैशाख २०८१ शनिबार
समाज

अभिभावकले थुने कर्मचारी

गुराँस गाउँपालिकाको कार्यालयमा धर्ना दिँदै अभिभावकहरु । तस्बिर : नागरिक

दैलेख – कक्षा घटाएको विरोधमा गाउँपालिकाका कर्मचारीलाई अभिभावकले सोमवार कार्यालयमै थुनेका छन् । गाउँ शिक्षक समिति गुराँस गाउँपालिकाले हचुवाको भरमा जनसहयोग आधारभूत विद्यालय तामातडा पिलाडीको कक्षा घटाएपछि अभिभावकले विरोध गर्दै गाउँपालिकाका कर्मचारीलाई कायकक्षमै दिनभर थुनेका हुन्। 

अभिभावकहरुले गाउँपालिका भवन बाहिर गेटदेखि भित्र कार्यकक्षसम्म बाहिर निस्किन नमिल्ने गरी घेरेर बसेका थिए । उनीहरुको धर्नाले सेवाग्राहीभित्र जान सकेका थिएनन्। सोमबार गाउँपालिकामा कुनै पनि काम हुन सकेन् । धर्नाले अध्यक्ष, उपाध्यक्ष, लेखा, प्रशासन, कार्यकारी अधिकृत, योजना लगायतका कोठाहरु सेवाग्राही जान सकेका थिएनन्। 

कक्षा ८ सम्म सञ्चालन भएको उक्त विद्यालयलाई शिक्षा समितिले घटाएर कक्षा ५ मा झारेको थियो । अभिभावकहरुले आफ्ना छोराछोरीलाई ६ कक्षादेखि अर्को विद्यालयमा जानका लागि ३ देखि ५ घण्टा लाग्ने भन्दै विरोध गरेका हुन् । घर नजिक पढ्ने विद्यार्थीहरुलाई ३ देखि ५ घण्टा हिडेर पढ्न जानुपर्ने भएपछि बाध्य भएर गाउँपालिका घेराउ गरेको अभिभावक लोकेन्द्र विसीले बताए । शिक्षा समितिको निर्णयले आफ्ना ६, ७ र ८ कक्षामा पढ्ने विद्यार्थीहरु ३ देखि ५ घण्टा हिडेर जोरेबाँज र बगौरा जानुपर्ने भएपछि अभिभावकहरु विरोध गर्दै गाउँपालिका आएका हुन्। 

भौगलिक रुपमा निकै टाढा रहेकाले आन्दोलन गर्नुपर्ने बाध्यता भयो। अभिभावक लोकेन्द्र विसीले भने, हाम्रा बच्चालाई टाढा हुँदा निगरानी समेत गर्न गाह्रो हुने र पढ्नभन्दा आउदा जाँदा नै समय लाग्ने देखियो। यहाँका जनताको भूगोल र माग अनुसार निमावि चलाउन मिल्ने बताएका छन् । गाउँपालिकाले मापदण्ड बनाएर विद्यालय मर्ज तथा कक्षा घटाएको छ। कक्षा घटाउँदा विद्यार्थीहरुलाई पढ्नै जानआउन धेरै समय, सकस हुने विद्यालयका प्राधानाध्यापक बलबहादुर पुनले बताए।

उनले स्थलगत रुपमा अनुगमन नगरेर कक्षा घटाइएको आरोप लगाए। गाउँपालिकाले आवश्यक अनुसार दरबन्दी र कक्षा यथावत राख्नका लागि अभिभावकहरुले शान्तिपूर्ण धर्ना दिएको अभिभावकहरुले बताए। गाउँपालिकाले मापदण्ड अनुसार मर्ज र कक्षा घटाएको भन्दै कुनै हालतमा पनि निर्णय परिवर्तन नहुने जनाएको छ।  

प्रकाशित: १४ जेष्ठ २०७५ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App