७ वैशाख २०८१ शुक्रबार
अन्य

रक्तदान सम्पन्न

धरान– होटल एशोसिएसन अफ् धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ। धरान–६,  लोकतान्त्रिक चौतारीमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको एशोसिएसन सचिव श्याम पोखरेलले बताए ।

वार्षिक कार्यक्रमअनुसार एशोसिएसनले बर्सेनि रक्तदान गर्दै आएको उनले जनाए । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसाथ एशोसिएसनले यस्तो कार्यक्रम गरेको उनको भनाइ छ ।

पूर्वकै पर्यटकीयस्थल धरानमा पर्यटन प्रवद्र्धननिम्ति काम गर्दै आएको होटल एशोसिएसन धरानले सामाजिक तथा मानवीय कार्यसमेत गर्दै आएको छ ।

प्रकाशित: १० असार २०७३ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App