८ वैशाख २०८१ शनिबार
अन्य

भलिबलको उपाधि सिद्धकालीलाई

इटहरी–  ‘ओलम्पिक डे’ को अवसरमा भएको भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको सिद्धकाली गण पकली, सुनसरीले उपाधि जितेको छ । बिहीबार फाइनल खेल भइरहँदा पानीले खेल हुन नसकेपछि गोलप्रथाका आधारमा सिद्धकालीले उपाधि उचालेको हो।

सिद्धकाली गण र कोशी गुल्मबीच प्रतिस्पर्धात्मक खेल भइरहदा पानीले खेल रोकिएपछि गोलप्रथाका आधारमा निर्णय गरिएको थियो । प्रतियोगितामा कंकालिनी गुल्म तेस्रो भएको थियो ।
प्रतियोगितामा सशस्त्र प्रहरीको पूर्व क्षेत्र मातहातका १४ वटा टोलीका १ सय ८२ जना खेलाडी सहभागी थिए । खेलमा ५ वटा गण पाथीभरा मेची, कंकालिनी गण कोसी, दन्तकाली गण सगरमाथा, औद्योगिक गण सलकपुर मोरङ र सिद्धकाली गण पकली सुनसरीका खेलाडी सहभागी थिए।

यस्तै, पूर्वी तराईका ५ जिल्लाका सशस्त्र सीमा सुरक्षा बल, ३ वटा गुल्म र सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनीका खेलाडी सहभागी थिए ।

विजयी खेलाडीलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय मुख्यालय पकलीका डिआइजी सुरजकुमार श्रेष्ठ, सुनसरीका प्रहरी एसपी पोषराज पोखरेल, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख नरेन्द्रकुमार दाहाललगायतले प्रमाणपत्र र सिल्ड वितरण गरे ।

असार ५ गतेदेखि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराहबाहिनी पकली सुनसरीले प्रतियोगिता आयोजना गरेको हो । ‘ओलम्पिक डे’ को अवसरमा सशस्त्र प्रहरीले काठमाडौंसँगै ५ वटै विकास क्षेत्रमा भलिबल प्रतियोगिता सुरु भएको हो ।

 

प्रकाशित: १० असार २०७३ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App