coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दुई वर्ष टिकेन पिच

जुम्ला- जिल्ला प्रशासन कार्यालयदेखि तल्लो जुगाड पुलसम्मको सडकमा गरिएको कालोपत्रे दुई वर्ष पनि टिकेन। पहिले गरिएको कालोपत्रे गुणस्तरिय नभएको र दुई वर्ष पनि नटिक्दा पुनः कालोपत्रेको काम सुरु भएको हो।

जिल्ला प्राविधिक कार्यालयको पुनर्निर्माण अन्तरगतको आठ लाख रूपैयाँको लागतमा सडक पुनः पिच हुन थालेको छ। सडकमा सरिया बिछ्याउने कार्य भइरहेको छ। तर, वर्षै पिच्छे एउटै सडकमा पिचको काम भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन्। नागरिक समाजका अगुवा जयकृष्ण आचार्य कमसल सामाग्री प्रयोग गरेर गुणस्तरहीन पिच गर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने बताउँछन्। उनले भने, 'अर्को नयाँ कार्यक्रम गरेर गुणस्तरहीन कामलाई टालटुल गरेर ठेकेदार उम्काउने प्रयास हुँदैछ। यस विषयमा स्थानीयले चनाखो बन्नु पर्छ।'

नेपाल मजदुर किसानका पार्टीका नेता राजेश्वर देवकोटाले  वर्षैपिच्छे निर्माण हुने सडकमा सरोकारवालाको ध्यान पुग्न नसकेकाले ठेकेदार कम्पनीको मनपरी चलेको बताए। उनले भने, 'सो सडक निर्माणका विषयमा पटक–पटक आवाज उठाउँदा समेत सुनुवाइ हँुदैन।' मोड नजिकै सडक बिग्रिएकाले सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। स्थानीय विकास अधिकारी राजेश पौडेलले विगतका वर्षमा जति लापारबाही भए पनि यो वर्षको सडक पिचमा गुणस्तर हुने दाबी गरे। उनले भने, 'गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई भुक्तानी नदिनेदेखि प्रोफाइलमा समस्या आउने प्रकारको कारबाही गर्नेछौं।

यता स्थानीयले सदरमुकाम आसपास निर्माण भएका विकास हरेक क्रियाकलापमा खेलवाड गरिएको गुनासो गरेका छन्। कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले दुई वर्ष भित्र ध्वस्त हुनेगरी सडक पिच गर्नु बिडम्वना भएको बताए। उनले भने, 'सडक पिच गर्ने र स्टमेट गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ।'

 प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दुई वर्ष अघि बनेको पिच गुणस्तरहीन भए/नभएको बारेमा बु‰ने भन्दै यो वर्षको पिच ख्याल ठट्टा गरे जस्तो नहुने बताए। ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन गरिसकेको उनले बताए। जिल्ला प्रशासन कार्यालय अघिल्तिरको सडक नै निर्माण भएको दुई वर्ष नपुग्दै जीर्ण भएको टिकाटिप्पणी हुन थालेपछि स्थानीय प्रशासनले कडाइ गरेको जनाएको छ।

 

प्रकाशित: ११ असार २०७३ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App