coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तराईमा हिन्दी कामकाजी भाषा मान्य छैनः ज्ञवाली

काठमाडौं—नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले पहाड र मधेसलाई विभाजन गर्ने गरी संविधानमा कुनै संशोधन हुन नसक्ने बताएका छन्।

पार्टीको केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीका लागि सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले मधेसी दलको माग सम्बोधन गर्न भन्दै सरकारले कस्तो प्रकारको संविधान संशोधन ल्याउन लागेको हो आफ्नो पार्टीलाई थाहा नभएको बताए।

'पहाड र तराईलाई विभाजन गरेर प्रदेशको सीमाङ्कन गर्ने र अन्ततः तराईमा हिन्दी भाषालाई कामकाजी भाषा बनाउने मनसाय हो भने त्यसमा एमालेको कुनै समर्थन हुँदैन', उनले भने। 

नेता ज्ञवालीले तराई र मधेसका नाममा अलग अलग राज्य बनाउने सोचले जनताको वर्गीय हित गर्न नसक्ने पनि जनाए। प्रशिक्षणमा नेपालको परराष्ट्र मामिलाबारे एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई र विकासका आयामबारे केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए। आइतबारदेखि सुरु भएको प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुनेछ। रासस

प्रकाशित: ३० कार्तिक २०७३ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App